उत्पत्ति 32:24-29
उत्पत्ति 32:24-29 NNRV
यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्यक्ति उज्यालो नहोउञ्जेल तिनीसित कुश्ती लड़े। यी व्यक्तिले याकूबलाई जित्न नसकेका देखेर याकूबका कम्मरको खोक्रो भाग छोए, र उनीसित कुश्ती लड्दालड्दै याकूबको कम्मरको गेड़ी फुस्क्यो। तब ती व्यक्तिले भने, “उज्यालो हुन लाग्यो। मलाई जान देऊ।” तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जान दिन्नँ।” उनले तिनलाई भने, “तिम्रो नाउँ के हो?” तिनले भने, “याकूब।” त्यस व्यक्तिले भने, “अब उप्रान्त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लड़न्त गर्यौ, अनि विजयी भयौ।” तब याकूबले उनलाई सोधे, “बिन्ती छ, मलाई भन्नुहोस्, तपाईंको नाउँ के हो?” तर उनले उत्तर दिए, “मेरो नाउँ तिमी किन सोध्छौ?” अनि उनले तिनलाई आशीर्वाद दिए।

