तब परमप्रभुले उनलाई भन्नुभयो, “बेबिलोनको ऊरदेखि तँलाई निकाली ल्याएर यो देश दिने परमप्रभु म नै हुँ।” तर अब्रामले सोधे, “सार्वभौम परमप्रभु, यस्तो हुनेछ भनी मैले कसरी जान्न सक्छु?” उहाँले उत्तर दिनुभयो, “मकहाँ तीनवर्षे एउटी गाई, एउटी बाख्री र एउटा साँढ-भेडा अनि एउटा ढुकुर र एउटा परेवा ले।” अब्रामले ती सबै परमेश्वरकहाँ ल्याए, आधा-आधा गरी दुई फ्याक पारे र ती टुक्राहरू आमुन्ने-सामुन्ने गरेर दुई पङ्क्तिमा राखिदिए। तर चराहरूचाहिँ काटेनन्। ती पशु-पंक्षीमाथि गिद्धहरू झम्टी आउँदा अब्रामले तिनलाई धपाए। सूर्य अस्ताउन लाग्दा अब्राम घोर निद्रामा परे अनि डर र त्रास उनीमाथि आइलागे। परमप्रभुले उनलाई भन्नुभयो, “तेरा सन्तानहरू अर्काको देशमा परदेशी हुनेछन्, त्यहाँ तिनीहरू कमारा बनाइनेछन् र चार सय वर्षसम्म तिनीहरूमाथि अत्याचार गरिनेछ। तर तिनलाई कमारा बनाउने जातिलाई म दण्ड दिनेछु र त्यो परदेशबाट तिनीहरू निस्कँदा आफूसँग धेरै धन-सम्पत्ति लिई आउनेछन्। तँ आफैं बुढेसकालसम्म बाँच्नेछस्, शान्तिसित मर्नेछस् र गाडिनेछस्। चार पुस्तापछि मात्र तेरा सन्तान यहाँ आउनेछन् किनभने एमोरीहरू अति दुष्ट भएर दण्डका योग्य नभइञ्जेल म तिनहरूलाई धपाउनेछैनँ।” सूर्य अस्तायो र अँध्यारो भयो। अचानक एउटा धुवाँ निस्किरहेको आगोको मकल र बलिरहेको राँको देखियो र त्यो जनावरहरूका मासुका टुक्राहरूका बीचमा भएर गयो। तब तुरुन्तै परमेश्वरले त्यहाँ अब्रामसँग एउटा करार बाँध्नुभयो। उहाँले भन्नुभयो, “म तेरो वंशलाई मिश्रका सिमानादेखि यूफ्रेटिस नदीसम्म रहेका केनी, कनज्जी, कदमोनी, हित्ती, परिज्जी, रपाई, एमोरी, कनानी गिर्गाशी र यबूसीहरूका देशहरसमेत दिनेछु।”
उत्पत्ति 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 15:7-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू