गलाती 5:1-12

गलाती 5:1-12 सरल नेपाली

ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र गराउनुभएको हो। त्‍यसो हुँदा तिमीहरू स्‍वतन्‍त्र मानिस हौ अनि आफ्‍नो स्‍वतन्‍त्रता जोगाइराख। कहीं फेरि कमारो हुन नपरोस्। सुन म पावल आफैंले तिमीहरूलाई भन्‍दै छु, तिमीहरू खतना लगाउने व्यवस्था मान्‍छौ भने तिमीहरूको लागि ख्रीष्‍टको त केही कामै भएन। हो, म खतना लाउनुपर्छ भन्‍नेलाई भन्‍दछु, तिनीहरूलाई पूरै व्यवस्था मान्‍न कर लाग्‍छ। व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक हुन खोज्‍ने जति तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ। परमेश्‍वरको अनुग्रहबाट टाढा भएका छौ। परमेश्‍वरको आत्‍माले नै हामीलाई विश्‍वासबाट परमेश्‍वरका अघि ठीक ठहरिने आशाको बाटो हेर्न लाउनुहुन्‍छ। खतना गरे पनि, नलाए पनि ख्रीष्‍ट येशूमा केही फरक हुँदैन। तर चाहिने कुरो त प्रेमद्वारा काम गर्ने विश्‍वास हो। हुन त तिमीहरू त ठीकै दौडँदै थियौ। कसले तिमीहरूलाई सत्‍य मान्‍नदेखि रोक्‍यो? यो काम त तिमीहरूलाई बोलाउनुहुने परमेश्‍वरले गर्नुभएको होइन। थोरै खमिरले मुछेको जम्मै पिठोलाई फुल्‍ने बनाउँछ। हामी सबै प्रभुसँग भएकोले तिमीहरू अर्कैतिर लाग्‍नेछैनौ भन्‍ने मलाई विश्‍वास लागेको छ। तिमीहरूलाई अल्मल्‍याएर कुबाटो लाउनेलाई जोसुकै भए पनि परमेश्‍वरले सजाय दिनुहुनेछ। दाजुभाइहरू, म खतना लाउनैपर्छ भनेर प्रचार गर्छु भने किन मैले अझै खेदो भोग्‍ने? यो कुरो साँचो भए क्रूसको बलिदानको प्रचारमा कसैले विरोध गर्ने थिएनन्। तिमीहरूलाई अन्‍योलमा पार्नेहरूले त खतना मात्रै किन लाउनू, बरु अरू पूरै अङ्ग काट्‍नू नि।

गलाती 5 पढ्नुहोस्

गलाती 5:1-12 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति