गलाती 5:1-12

गलाती 5:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

स्‍वतन्‍त्रताको निम्‍ति ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्‍वको जुवामुनि नपर। म पावलले नै तिमीहरूलाई भन्‍दछु, तिमीहरूले खतना लियौ भने ख्रीष्‍टबाट तिमीलाई कुनै फाइदा हुनेछैन। खतना हुने प्रत्‍येकलाई म फेरि चेताउनी दिन्‍छु, कि सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्न त्‍यो बाध्‍य हुन्‍छ। तिमीहरू जो व्‍यवस्‍थाद्वारा धर्मी ठहरिन चाहन्‍छौ, तिमीहरू ख्रीष्‍टबाट अलग्‍ग भएका छौ। तिमीहरू अनुग्रहबाट तल खसेका छौ। किनकि हामी पवित्र आत्‍माद्वारा विश्‍वासबाट धार्मिकताका आशाको प्रतीक्षा गर्छौं। ख्रीष्‍ट येशूमा न त खतना केही मूल्‍यको न बेखतना केही मूल्‍यको हुन्‍छ। तर एउटै कुराको मात्र मूल्‍य छ, अनि त्‍यो हो— प्रेमद्वारा काम गर्ने विश्‍वास। तिमीहरू राम्रै दौडिरहेका थियौ। कसले तिमीहरूलाई सत्‍यता पालन गर्नमा बाधा दियो? तिमीहरूलाई बोलाउनुहुनेबाट यो फकाउने-फुस्‍लाउने काम भएको होइन। थोरै खमिरले जम्‍मै ढिकालाई खमिरा बनाउँछ। म प्रभुमा भरोसा राख्‍दछु, कि तिमीहरूले मेरो बाहेक अर्को विचार अपनाउनेछैनौ। तिमीहरूलाई पिरोल्‍ने जोसुकै भए पनि त्‍यसले दण्‍ड भोग्‍नेछ। तर भाइ हो, यदि म अझै खतनाको प्रचार गर्दछु भने ममाथि यी सब सतावट किन आएका? त्‍यसो हो भनेता क्रूसबाट आउने बाधा गएको छ। तिमीहरूलाई विचलित पार्नेहरूले त बरु आफ्‍नो अङ्ग नै काटे पनि हुने।

शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्

गलाती 5:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

स्वतन्त्रताको निम्ति ख्रीष्‍टले हामीलाई स्वतन्त्र तुल्याउनुभएको छ। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार। मेरो कुरामा ध्यान देओ। म पावल तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले खतना गर्‍यौ भने ख्रीष्‍ट तिमीहरू सबैका निम्ति मूल्यहीन ठहरिनुहुनेछ। म फेरि पनि खतना गर्ने सबै मानिसहरूलाई भन्दछु, जसले आफूलाई खतना गराउँछ, ऊ सबै व्यवस्था पालन गर्न बाध्य हुन्छ। तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट तल झरेका छौ। तर परमेश्‍वरका आत्माबाट हामी उत्कट इच्छासहित विश्‍वासद्वारा धार्मिकताको आशाको प्रतीक्षा गर्दछौँ। किनकि ख्रीष्‍ट येशूमा विश्‍वास गर्नेहरूलाई खतना होस् वा बेखतना, कुनै मूल्य छैन; तर प्रेमद्वारा व्यक्त गरिने विश्‍वासको मात्र मूल्य छ। तिमीहरूले राम्रो दौड दौडिरहेका थियौ। कसले सत्य पालना नगर्नू भनेर तिमीहरूलाई बाधा दियो? परमेश्‍वरबाट यो उक्साउने काम भएको होइन, जसले तिमीहरूलाई बोलाउनुहुन्छ। “थोरै खमिरले जम्मै पिठोको ढिकालाई खमिरी बनाइदिन्छ।” म प्रभुमा विश्‍वस्त छु, कि तिमीहरूले योबाहेक अर्को विचार अपनाउने छैनौ। तिमीहरूलाई अन्योलमा पार्ने जोसुकै होस्, त्यसले मूल्य चुकाउनुपर्नेछ। दाजुभाइ-दिदीबहिनीहरू हो, यदि मैले अझै पनि खतनाकै बारेमा प्रचार गरिरहेको छु भने किन म अझै सताइएको छु त? यसो हो भने क्रूसको बाधा हटाइएको छ। तिमीहरूलाई विचलित पार्नेहरूले, बरु तिनीहरूले आफ्नै अङ्ग काटे असल हुनेथियो।

शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्

गलाती 5:1-12 पवित्र बाइबल (NERV)

ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन। सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) फर्कन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न। फेरि म प्रत्येकलाई चेताउनी दिन्छु यदि खतना गर्न राजी छौ भने तिमीहरूले मोशाको सबै व्यवस्था पालन गर्न वाध्य हुनेछौ। यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ। हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी पर्खिरहेका छौं। कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफैं प्रकट हुन्छ। तिमीहरू राम्रो दौड दौडिरहेथ्यौ। सत्य पालन गरिरहेका थियौ। सत्य बाटो हिँड्नमा तिमीहरूलाई कसले रोक्यो? यो रोकावट तिमीलाई परमेश्वरबाट भएको होइन जसले तिमीहरूलाई छान्नुभयो। होशियार होऊ, “अलिकति खमीरले पनि जम्मै पीठोको डल्लालाई फुलाउँछ।” मलाई परमश्वरले पुरा भरोसा दिनुहुन्छ कि तिमीहरूले त्यस्तो विचारलाई स्वीकार्ने छैनौं। त्यस्तो विचारमा कसैले तिमीहरूलाई अल्मल्याउँदैछ। ऊ जो सुकै होस् द्ण्ड पाउने नै छ। मेरा दाज्यू-भाइहरू हो! मानिसले खतना गर्नै पर्छ भनेर मैले सिकाएको छैन। त्यस्तै सिकाउँदैछु भने फेरि मेरो खेदो किन गरिन्छ? मैले मानिसहरूलाई खतना गर्नु सिकाएकै हो भने ख्रीष्टबारे मेरो प्रचारमा कुनै समस्या नै बन्ने थिएन। यदि मैले खतना गर्न मानिसहरूलाई सिकाई रहेको छैन भने, तब क्रूसको विषयमा मेरो शिक्षा कुनै समस्या नै होइन। म त चाहन्छु, कसैले खतनाको दुःख बिसाउँछ भने तिमीहरू आफ्नो काममा अघि बढदै जाऊ अनि तिनीहरू नै बरु खसी बनुन्।

शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्

गलाती 5:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र गराउनुभएको हो। त्‍यसो हुँदा तिमीहरू स्‍वतन्‍त्र मानिस हौ अनि आफ्‍नो स्‍वतन्‍त्रता जोगाइराख। कहीं फेरि कमारो हुन नपरोस्। सुन म पावल आफैंले तिमीहरूलाई भन्‍दै छु, तिमीहरू खतना लगाउने व्यवस्था मान्‍छौ भने तिमीहरूको लागि ख्रीष्‍टको त केही कामै भएन। हो, म खतना लाउनुपर्छ भन्‍नेलाई भन्‍दछु, तिनीहरूलाई पूरै व्यवस्था मान्‍न कर लाग्‍छ। व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक हुन खोज्‍ने जति तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ। परमेश्‍वरको अनुग्रहबाट टाढा भएका छौ। परमेश्‍वरको आत्‍माले नै हामीलाई विश्‍वासबाट परमेश्‍वरका अघि ठीक ठहरिने आशाको बाटो हेर्न लाउनुहुन्‍छ। खतना गरे पनि, नलाए पनि ख्रीष्‍ट येशूमा केही फरक हुँदैन। तर चाहिने कुरो त प्रेमद्वारा काम गर्ने विश्‍वास हो। हुन त तिमीहरू त ठीकै दौडँदै थियौ। कसले तिमीहरूलाई सत्‍य मान्‍नदेखि रोक्‍यो? यो काम त तिमीहरूलाई बोलाउनुहुने परमेश्‍वरले गर्नुभएको होइन। थोरै खमिरले मुछेको जम्मै पिठोलाई फुल्‍ने बनाउँछ। हामी सबै प्रभुसँग भएकोले तिमीहरू अर्कैतिर लाग्‍नेछैनौ भन्‍ने मलाई विश्‍वास लागेको छ। तिमीहरूलाई अल्मल्‍याएर कुबाटो लाउनेलाई जोसुकै भए पनि परमेश्‍वरले सजाय दिनुहुनेछ। दाजुभाइहरू, म खतना लाउनैपर्छ भनेर प्रचार गर्छु भने किन मैले अझै खेदो भोग्‍ने? यो कुरो साँचो भए क्रूसको बलिदानको प्रचारमा कसैले विरोध गर्ने थिएनन्। तिमीहरूलाई अन्‍योलमा पार्नेहरूले त खतना मात्रै किन लाउनू, बरु अरू पूरै अङ्ग काट्‍नू नि।

शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्

गलाती 5:1-12

गलाती 5:1-12 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्