गलाती 1:15-24

गलाती 1:15-24 सरल नेपाली

तर परमेश्‍वरले आफ्‍नो खुसीले म जन्‍मिनुभन्दा अघि नै मलाई अलग गर्नुभयो र आफ्‍नै काम गर्न बोलाउनुभयो। उहाँले नै मबाट अरू जातिमा सुसमाचार प्रचार होस् भनेर आफ्‍नो पुत्रलाई मकहाँ प्रकट गर्नुभयो। त्‍यस बेला म कुनै मानिससँग सोधखोज गर्नतिर लागिनँ। मभन्दा अघिका प्रेरितहरूसँग सल्‍लाह माग्‍न म यरूशलेम गइनँ। तर म झट्टै अरब देश गएँ र दमस्‍कसमै फर्किएँ। तीन वर्षपछि मात्र म पत्रुसलाई भेट्‍न यरूशलेम गएँ र सँगै त्‍यहाँ पन्‍ध्र दिन बसें। मैले त्‍यहाँ प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई भेटिनँ। मैले लेखेको कुरा साँचो हो र म परमेश्‍वरको अगाडि ढाँट्दिनँ। पछि म सिरिया र किलिकियाका गाउँहरूमा गएँ। त्‍यस बेलासम्‍म यहूदिया मण्‍डलीका दाजुभाइहरूले मलाई देखेकै थिएनन्। मेरो बारेमा यस्‍तो सुनेका मात्र थिए, “हामीलाई खेदो गर्ने मानिसले अचेल आफैंले मास्‍न खोजेको विश्‍वास नै प्रचार गर्दै छ रे” यसरी उनीहरूले म बदलिएकोमा परमेश्‍वरको प्रशंसा गरे।

गलाती 1 पढ्नुहोस्