प्रस्थान 7:20-21
प्रस्थान 7:20-21 सरल नेपाली
तब मोशा र हारूनले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे। राजा र भारदारहरूका अघि हारूनले आफ्नो लट्ठी उचालेर नदीलाई हिर्काए र त्यहाँ भएको सबै पानी रगत भयो। पानीका माछाहरू मरे र त्यहाँ यति दुर्गन्ध भयो कि मिश्रीहरूले पानी पिउन सकेनन्। मिश्रको सबै पानी रगत भयो।

