प्रस्‍थान 7:20-21

प्रस्‍थान 7:20-21 NNRV

तब मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्‍ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्‍मै पानी रगत भइहाल्‍यो। नील नदीका माछाहरू मरे, र नदी गन्‍हाउन लाग्‍यो, र मिश्रीहरूले नदीको पानी खान सकेनन्‌। मिश्रको सबै पानी रगत भयो।