प्रस्‍थान 13:20-22

प्रस्‍थान 13:20-22 सरल नेपाली

इस्राएलीहरू सुक्‍कोतबाट हिँडे र उजाड-स्‍थानको किनारमा एथाम भन्‍ने ठाउँमा पाल टाँगे। परमप्रभु दिउँसो बादलको खम्‍बामा भएर तिनीहरूलाई बाटो देखाउँदै हिँड्‍नुहुन्‍थ्‍यो र राती आगोको मुस्‍लोमा भएर उज्‍यालो गराउँदै तिनीहरूका अघिअघि जानुहुन्‍थ्‍यो। त्‍यसरी तिनीहरू रातदिन यात्रा गर्न सक्‍थे। सधैँ दिउँसो बादलको खम्‍बा र राती आगोको मुस्‍लो मानिसहरूका अघिअघि जान्‍थ्‍यो।

प्रस्‍थान 13 पढ्नुहोस्