तिनीहरूले ती चुनिएका सात जनालाई प्रेरितहरूको सामने लगे र प्रेरितहरूले प्रार्थना गरेर आफ्ना हात तिनीहरूमाथि राखे। यसरी परमेश्वरको शिक्षा फैलिंदै गयो। प्रभु येशूका चेलाहरूको सङ्ख्या यरूशलेममा झन्-झन् बढ्दै गयो र धेरै पूजाहारीहरूले पनि प्रभु येशूमा विश्वास गरे। स्तिफनसले चाहिँ प्रभुबाट धेरै आशिष् र शक्ति पाएका थिए। उनले मानिसहरूका बीचमा अचम्म-अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउँथे। तर कति मानिसहरूले चाहिँ उनको विरोध गर्न थाले। तिनीहरू यहूदी सभाघरका “स्वतन्त्र भन्ने दलका मानिसहरू अनि अलेक्जेन्ड्रिया सहर र कुरेनी, किलिकिया र एशिया इलाकाबाट आएका यहूदीहरू थिए। तिनीहरू सबै मिलेर स्तिफनससँग तर्कवितर्क गर्न लागे। तर पवित्र आत्माले स्तिफनसलाई यस्तो बुद्धि दिनुभयो, तिनी बोल्दा अरूले तिनको सामना गर्नै सकेनन्।
प्रेरित 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 6:6-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू