प्रेरित 6:6-10

प्रेरित 6:6-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्‍ने ल्‍याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्‍ना हात राखे। परमेश्‍वरको वचन बढ्‌दैगयो, र चेलाहरूको संख्‍या यरूशलेममा अत्‍यन्‍तै बढ़्यो। पूजाहारीहरूमध्‍ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे। स्‍तिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्‍मका काम र चिन्‍हहरू गरे। तर कोही-कोहीचाहिँ जो स्‍वतन्‍त्र-दलका सभाघरकाहरू (यसको नाम यही थियो), र कुरेनी, अलेक्‍जेन्ड्रिया, किलिकिया र एशियाका मानिसहरू थिए, तिनीहरूले खड़ा भई स्‍तिफनससँग वाद-विवाद गर्न लागे। तिनी जुन बुद्धिले र आत्‍माद्वारा बोल्‍थे, तिनीहरूले त्‍यसको सामना गर्न सकेनन्‌।

शेयर गर्नुहोस्
प्रेरित 6 पढ्नुहोस्

प्रेरित 6:6-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

छनौट गरिएका ती मानिसहरूलाई तिनीहरूले प्रेरितहरूसामु उपस्थित गराए। अनि प्रेरितहरूले प्रार्थना गरेर तिनीहरूका शिरमाथि आफ्ना हात राखे। यसरी परमेश्‍वरको वचन फैलिँदै गयो, र यरूशलेममा चेलाहरूको संख्या तीब्रताका साथ बढ्दैगयो। पुजारीहरूमध्ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे। परमेश्‍वरको शक्ति र अनुग्रहले भरिपूर्ण भएका स्तिफनसले मानिसहरूसामु अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू गरे। तर त्यस समयमा स्वतन्त्र दलका सभाघर (यसको नाम यही थियो) भनिने सभाका सदस्यहरू, र साइरिनी र अलेक्जेन्ड्रियाका साथै किलिकिया र एशिया प्रान्तहरूका मानिसहरूले स्तिफनसको विरुद्ध वाद-विवाद गर्न थाले। तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्।

शेयर गर्नुहोस्
प्रेरित 6 पढ्नुहोस्

प्रेरित 6:6-10 पवित्र बाइबल (NERV)

त्यसपछि तिनीहरूले यिनीहरूलाई लगे अनि प्रेरितहरूकहाँ उपस्थित गराए। तिनीहरूले प्रार्थना गरे अनि आफ्ना हातहरू ती मानिसहरूमाथि राखे। परमेश्वरको वचन धेरै मानसिहरूकहाँ पुग्दै थियो। यरूशलेममा चेलाहरूको संख्या बढ्दै गइरहेको थियो धेरै यहूदी पूजाहारीहरू पनि यस विश्वासका चेला बने। स्तिफनस एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ आर्श्चयमय कुराहरू अनि चमत्कार गरे। तर कतिपय यूहीहरू आए अनि स्तिफनसँग तर्क गरे। यी यहूदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहूदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनसँग बहस गरे। तर आत्माले स्तिफनलाई बुद्धिमानीसँग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्।

शेयर गर्नुहोस्
प्रेरित 6 पढ्नुहोस्

प्रेरित 6:6-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूले ती चुनिएका सात जनालाई प्रेरितहरूको सामने लगे र प्रेरितहरूले प्रार्थना गरेर आफ्‍ना हात तिनीहरूमाथि राखे। यसरी परमेश्‍वरको शिक्षा फैलिंदै गयो। प्रभु येशूका चेलाहरूको सङ्‍ख्‍या यरूशलेममा झन्-झन् बढ्दै गयो र धेरै पूजाहारीहरूले पनि प्रभु येशूमा विश्‍वास गरे। स्‍तिफनसले चाहिँ प्रभुबाट धेरै आशिष् र शक्ति पाएका थिए। उनले मानिसहरूका बीचमा अचम्‍म-अचम्‍मका कामहरू गर्दै चिन्‍हहरू देखाउँथे। तर कति मानिसहरूले चाहिँ उनको विरोध गर्न थाले। तिनीहरू यहूदी सभाघरका “स्‍वतन्‍त्र भन्‍ने दलका मानिसहरू अनि अलेक्‍जेन्‍ड्रिया सहर र कुरेनी, किलिकिया र एशिया इलाकाबाट आएका यहूदीहरू थिए। तिनीहरू सबै मिलेर स्‍तिफनससँग तर्कवितर्क गर्न लागे। तर पवित्र आत्‍माले स्‍तिफनसलाई यस्‍तो बुद्धि दिनुभयो, तिनी बोल्‍दा अरूले तिनको सामना गर्नै सकेनन्।

शेयर गर्नुहोस्
प्रेरित 6 पढ्नुहोस्