प्रेरित 4:23-28

प्रेरित 4:23-28 सरल नेपाली

त्‍यहाँबाट छुट्‍नासाथ पत्रुस र यूहन्‍ना आफ्‍ना साथीहरूकहाँ फर्के। उनीहरूले मुख्‍य पूजाहारी र अरू अगुवाहरूले भनेका कुरा आफ्‍ना साथीहरूलाई सुनाए। यस्‍तो कुरा सुनेपछि तिनीहरू सबै मिलेर परमेश्‍वरसँग यसरी प्रार्थना गर्न लागे, “हे सर्वशक्तिमान् प्रभु परमेश्‍वर, आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो। तपाईंको पवित्र आत्‍माद्वारा तपाईंले हाम्रा पुर्खा दाऊदको मुखबाट यसरी बोल्‍नुभयो– अरू जातिहरू किन रिसाउँछन्? मानिसहरू व्‍यर्थैमा किन जाल रच्‍तछन्? परमेश्‍वर र उहाँले खटाउनुभएको मुक्ति दिनुहुने ख्रीष्‍टको विरोधमा पृथ्‍वीका राजा र शासकहरूसमेत भेला भएका छन्। यस्‍तै कुरा हिजो-आज भइरहेछन्। तपाईंको पवित्र सेवक येशूलाई खटाएर तपाईंले मुक्तिदाता बनाउनुभयो। उहाँको विरोधमा जाल रच्‍ने हेरोद र पन्‍तियस पिलातस अनि इस्राएलका र अरू जातिका मानिसहरूसमेत यही सहरमा भेला भएका थिए। तर तिनीहरूले तपाईंको शक्ति र इच्‍छाद्वारा तपाईंले अघिबाटै विचार गर्नुभएअनुसार मात्रै काम गरे।

प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:23-28 को लागि भिडियो