प्रेरित 4:23-28

प्रेरित 4:23-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

छुटकारा पाएर तिनीहरू आफ्‍ना साथीहरूकहाँ आए, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्‍वरतिर आफ्‍ना सोर उचाली भने, “हे प्रभु, जसले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो, जसले पवित्र आत्‍माद्वारा आफ्‍ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्‍नुभयो, ‘अन्‍यजातिहरू किन झोकिए, र मानिसहरूले व्‍यर्थका कुराहरू किन कल्‍पना गरे? परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्‍वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’ किनभने साँच्‍चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्‍तियस पिलातस दुवै जना, अन्‍यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए। त्‍यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो।

शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:23-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

उनीहरू छोडिएपछि पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए। तिनीहरूले ती कुरा सुनिसकेपछि सबैले एकैसाथ उच्‍च सोरमा परमेश्‍वरसँग प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हे हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्‍टि गर्नुभयो। तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन्, र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्? प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्; र शासकहरू एकजुट भएर भेला भएका छन्।’ तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्‍चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो सहरमा भेटघाट गरेका थिए। तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो।

शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:23-28 पवित्र बाइबल (NERV)

पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हूललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए। जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो। हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः ‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन्? यी सबै आशाहिन छन्। ‘पृथ्वीका राजाहरू र शासकहरू, परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँईँ लड्न एक ठाँउमा भेला भए।’ यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ। यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए।

शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:23-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यहाँबाट छुट्‍नासाथ पत्रुस र यूहन्‍ना आफ्‍ना साथीहरूकहाँ फर्के। उनीहरूले मुख्‍य पूजाहारी र अरू अगुवाहरूले भनेका कुरा आफ्‍ना साथीहरूलाई सुनाए। यस्‍तो कुरा सुनेपछि तिनीहरू सबै मिलेर परमेश्‍वरसँग यसरी प्रार्थना गर्न लागे, “हे सर्वशक्तिमान् प्रभु परमेश्‍वर, आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो। तपाईंको पवित्र आत्‍माद्वारा तपाईंले हाम्रा पुर्खा दाऊदको मुखबाट यसरी बोल्‍नुभयो– अरू जातिहरू किन रिसाउँछन्? मानिसहरू व्‍यर्थैमा किन जाल रच्‍तछन्? परमेश्‍वर र उहाँले खटाउनुभएको मुक्ति दिनुहुने ख्रीष्‍टको विरोधमा पृथ्‍वीका राजा र शासकहरूसमेत भेला भएका छन्। यस्‍तै कुरा हिजो-आज भइरहेछन्। तपाईंको पवित्र सेवक येशूलाई खटाएर तपाईंले मुक्तिदाता बनाउनुभयो। उहाँको विरोधमा जाल रच्‍ने हेरोद र पन्‍तियस पिलातस अनि इस्राएलका र अरू जातिका मानिसहरूसमेत यही सहरमा भेला भएका थिए। तर तिनीहरूले तपाईंको शक्ति र इच्‍छाद्वारा तपाईंले अघिबाटै विचार गर्नुभएअनुसार मात्रै काम गरे।

शेयर गर्नुहोस्
प्रेरित 4 पढ्नुहोस्