प्रेरित 15:36-41

प्रेरित 15:36-41 सरल नेपाली

केही दिनपछि पावलले बारनाबासलाई भने, “अब हामीले परमेश्‍वरको शिक्षा प्रचार गरेका सबै सहरहरूमा फेरि जाऔं। त्‍यहाँ भएका प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरू कस्‍ता रहेछन्, बुझौं।” बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई सँगै लैजान चाहे। तर पावलले चाहिँ उनलाई लैजान ठीक सम्‍झेनन् किनभने मर्कूसले काम पूरा नगरीकन उनीहरूलाई पामफिलिया इलाकामा छोडेर फर्केका थिए। त्‍यस कुरामा पावल र बारनाबासको निकै मतभेद भयो र उनीहरू छुट्टिए। बारनाबासचाहिँ मर्कूसलाई लिएर समुद्रको बाटो भएर साइप्रस टापुमा गए। पावलले चाहिँ आफूलाई साथ दिन सिलासलाई छाने। त्‍यसपछि प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले उनीहरूलाई परमेश्‍वरको दयालु हातमा सुम्‍पिदिए अनि उनीहरू हिँडे। सिरिया र किलिकिया इलाका भएर जाँदा उनीहरूले त्‍यहाँका मण्डलीहरूलाई विश्‍वासमा बलियो बनाउँदै गए।

प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:36-41 को लागि भिडियो