हामी परमेश्वरसँगै काम गर्दछौं र यसै हैसियतले तिमीहरूलाई बिन्ती गर्छौं, तिमीहरूले परमेश्वरको अनुग्रह पाएर अब त्यो खेर जान नदेओ। परमेश्वर भन्नुहुन्छ, “तिम्रो पक्ष लिनुपर्ने बेलामा तिम्रो कुरा सुनेर बचाइने दिनमा तिमीलाई मद्दत गरें।” हेर! परमेश्वरको अनुग्रह पाउने बेला अहिले हो र बचाइने दिन त आज नै हो! हामीले गरेको कामको निन्दा नहोस् भनेर हामी कसैलाई बाधा दिने काम गर्दैनौं। तर हामी सबै कुरामा परमेश्वरको सेवा गर्ने जस्तो हुनुपर्ने हो, त्यस्तै छौं। हामीले सबै कुरा सहेर, दु:ख पाउँदा, अप्ठ्यारो पर्दा, निराश हुँदा, सबै धैर्यसाथ सहन गर्दछौं। हामीले कुटाइ खाएका छौं, थुनामा परेका छौं, हाम्रो विरोधमा धुइरो उठेको छ। ज्यादै काममा खट्नुपरेको छ। खान र सुत्न पनि नपाई बसेका छौं। हामीले आफ्नो पवित्रताले, ज्ञानले, सहने शक्तिले र दयाले, पवित्र आत्माले, साँचो प्रेमले, सत्य सन्देशले र परमेश्वरकै शक्तिले नै उहाँको काम गर्ने हौं भनेर देखायौं। कसैसँग लड्नुपरे पनि, आफ्नो रक्षा गर्नुपरे पनि हामीसँग त एउटै मात्र हतियार छ। यो हतियारचाहिँ परमेश्वरको अघि ठीक काम गर्नु हो। हाम्रो इज्जत पनि भयो, बेइज्जत पनि भयो। कुनाम पनि चल्यो, सुनाम पनि। हामीले झूटो मानिसको जस्तो व्यवहार पायौं, तर पनि हामी सत्य बोल्छौं। हामी नचिन्नेजस्ता भए पनि हामीलाई सबैले चिन्छन्। मरेजस्तै भए पनि बाँचेका छौं, सजाय पाइरहे पनि मारिएका छैनौं। दिक्दारी, सुर्तामा परिरहेजस्तो भए पनि सधैँ खुसी छौं। हामी गरीबजस्ता भए पनि धेरैलाई धनी बनाउँछौं। केही नभएका कङ्गालजस्ता देखिए पनि हामीसँग सबै कुरा छन्।
२ कोरिन्थी 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 6:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू