जकरिया 14:1-5

जकरिया 14:1-5 NNRV

परमप्रभुको एउटा यस्‍तो दिन आउँदैछ, जब तिमीहरूबाट लुटिएको लूट तिमीहरूकै बीचमा बाँड़िनेछ। म सबै जातिहरूलाई यरूशलेमको विरुद्ध लड़ाइँ गर्नलाई भेला गराउनेछु, र यो सहर लिइनेछ, र घरहरू लुटिनेछन्, र स्‍त्रीहरूलाई बलात्‍कार गरिनेछ। सहरको आधा भाग निर्वासन गरिनेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट अलग लगिनेछैनन्‌। तब युद्धको दिनमा लड़ाइँ गरेझैँ परमप्रभु निस्‍केर ती जाति-जातिहरूसित लड़ाइँ गर्नुहुनेछ। त्‍यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्‍नेछन्, अनि पूर्वदेखि पश्‍चिमसम्‍म जैतून डाँड़ाको बीचमा धाँदो फाट्‌नेछ, र त्‍यहाँ एउटा ठूलो खोल्‍सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ। तिमीहरू मेरो पर्वतको खोल्‍साबाट भएर भाग्‍नेछौ, किनकि त्‍यो आसेलसम्‍म फैलिनेछ। यहूदाका राजा उज्‍जियाहको पालोमा आएको भूकम्‍पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्‍नेछौ। तब परमप्रभु मेरा परमेश्‍वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ।