श्रेष्‍ठगीत 1:1-4

श्रेष्‍ठगीत 1:1-4 NNRV

सोलोमनको आफ्‍नो श्रेष्‍ठगीत उहाँले मलाई आफ्‍नो मुखको चुम्‍बनले चुम्‍बन गरून्, किनभने तपाईंको प्रेम दाखमद्यभन्‍दा पनि उत्तम छ। तपाईंका अत्तरको बास्‍ना आनन्‍दप्रद छ, तपाईंको नाउँ खन्‍याइएको अत्तरझैँ छ। त्‍यसैकारण कन्‍येहरूले तपाईंलाई प्रेम गर्नु अचम्‍मको कुरो होइन! मलाई तपाईंसित लैजानुहोस्‌— हामी चाँड़ै गरौं! महाराजाले मलाई आफ्‍नो कोठामा ल्‍याउनुहोस्‌।