रोमी 7:13-20

रोमी 7:13-20 NNRV

त के जो असल छ, त्‍यसले मेरो निम्‍ति मृत्‍यु ल्‍यायो त? कदापि होइन! तर पापचाहिँ पापैको रूपमा देखिओस्‌ भनेर असल कुराद्वारा पापले ममा मृत्‍यु उत्‍पन्‍न गराइरहेछ, ताकि आज्ञाद्वारा पाप सम्‍पूर्ण रूपले पापमय बनोस्‌। किनकि हामी जान्‍दछौं कि व्‍यवस्‍था आत्‍मिक हो, तर मचाहिँ शारीरिक छु, र पापैमा बेचिएको छु। म के गर्दछु, त्‍यो बुझ्‍दिनँ। किनकि म जे चाहन्‍छु, त्‍यो गर्दिनँ। तर त्‍यही गर्दछु, जो म घृणा गर्दछु। गर्न नचाहेको म गर्दछु भने, व्‍यवस्‍था असल छ भनी म सहमत हुन्‍छु। यसैले अब त्‍यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो। किनकि मलाई थाहा छ, कि ममा, अर्थात्‌ मेरो पापमय स्‍वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्‍यो गर्ने इच्‍छा ममा छ, तर म त्‍यो पूरा गर्न सक्‍दिनँ। किनभने असल काम जो म गर्न चाहन्‍छु, त्‍यो म गर्दिनँ, तर दुष्‍ट काम, जो म गर्न चाहन्‍नँ, त्‍यही म गर्ने गर्छु। अब म जो इच्‍छा गर्दिनँ, त्‍यही गर्छु भने त्‍यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।