प्रकाश 22:1-5

प्रकाश 22:1-5 NNRV

तब तिनले मलाई स्‍फटिकजस्‍तै चहकिलो जीवनका पानीको नदी देखाए। त्‍यो नदी परमेश्‍वरको र थुमाको सिंहासनबाट निस्‍की त्‍यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्‍यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्‍थ्‍यो। त्‍यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्‍ति थिए। अबदेखि उसो त्‍यहाँ कहिल्‍यै सराप हुनेछैन। परमेश्‍वर र थुमाको सिंहासन त्‍यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्‌। तिनीहरूले उहाँको मुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। त्‍यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्‍यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूको उज्‍यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्‍य गर्नेछन्‌।