प्रकाश 22:1-5

प्रकाश 22:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब तिनले मलाई स्‍फटिकजस्‍तै चहकिलो जीवनका पानीको नदी देखाए। त्‍यो नदी परमेश्‍वरको र थुमाको सिंहासनबाट निस्‍की त्‍यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्‍यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्‍थ्‍यो। त्‍यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्‍ति थिए। अबदेखि उसो त्‍यहाँ कहिल्‍यै सराप हुनेछैन। परमेश्‍वर र थुमाको सिंहासन त्‍यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्‌। तिनीहरूले उहाँको मुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। त्‍यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्‍यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूको उज्‍यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्‍य गर्नेछन्‌।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्

प्रकाश 22:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब त्यस स्वर्गदूतले मलाई परमेश्‍वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए, जुनचाहिँ सहरको मूल बाटोको बीचबाट बगिरहेको थियो। नदीका दुवैतिर प्रत्येक महिना बाह्र किसिमका फलहरू फलाउने जीवनको रूख थियो। ती रूखहरूका पातहरूचाहिँ राष्ट्रहरूलाई निको पार्नको लागि हुन्। त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस सहरमा परमेश्‍वरको र थुमाको सिंहासन हुनेछ; अनि उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्। तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाम तिनीहरूका निधारमा हुनेछ। अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्‍वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्

प्रकाश 22:1-5 पवित्र बाइबल (NERV)

तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडा़को पाठाको सिंहासनबाट बगिरेहको थियो। त्यो नगरको गल्लीको माझबाट वगिरहेकोथ्यो। जीवन वृक्ष वर्षेनी बाह्र वटा फल फल्दै नदीको एकपाट्टी थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरू मानिसहरूको विमार निको पार्नुलाई थिए। परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडा़को पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरूले उहाँलाई आराधना गर्नेछन्। तिनीहरूले उनको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ। त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरूलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरूलाई प्रकाश दिनेछन्। अनि तिनीहरूले सदासर्वदा राजाहरूले जस्तै शासन गर्नेछन्।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्

प्रकाश 22:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि स्‍वर्गदूतले मलाई जीवनको पानीको नदी देखाए। त्‍यो परमेश्‍वर र बलि हुनुभएको थुमाको सिंहासनबाट निस्‍केर सहरको मूल सडक बीचमा बगिरहेको र स्‍फटिकजस्‍तो चम्‍किरहेको थियो। नदीको दुवै किनारमा जीवनको रूख थियो, जसले वर्षमा बाह्र किसिमका फल फलाउँछन् र प्रत्‍येक महिना एक किसिमको फल फल्‍छ। ती रूखका पातचाहिँ जाति-जातिलाई निको पार्ने औषधी थिए। परमेश्‍वरले श्राप दिनुभएको कुनै कुरा त्‍यो सहरमा पाइँदैन। परमेश्‍वरको र थुमाको सिंहासन सहरभित्र रहनेछ र उहाँका सेवकहरूले उहाँलाई पुज्‍नेछन्। तिनीहरूले परमेश्‍वरको अनुहार देख्‍छन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। अनि त्‍यहाँ कहिले पनि रातपर्नेछैन, त्‍यहाँ बत्ती र घामको उज्‍यालोको खाँचोपर्नेछैन किनभने प्रभु परमेश्‍वर नै उनीहरूको उज्‍यालो हुनुहुनेछ र उनीहरूले सदासर्वदा राज गर्नेछन्।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्