भजनसंग्रह 94:20-23

भजनसंग्रह 94:20-23 NNRV

के दुष्‍ट शासकहरू तपाईंसँग मिल्‍न सक्‍छन्‌, जसले आफ्‍ना ऐनद्वारा विपद्‌ ल्‍याउँछन्‌? तिनीहरू धर्मीहरूका विरुद्धमा गठबन्‍धन गर्छन्‌, र निर्दोषलाई मृत्‍युदण्‍ड दिन्‍छन्‌। तर परमप्रभु मेरो गढ़ हुनुभएको छ, र मेरा परमेश्‍वर मेरो शरणस्‍थानको चट्टान हुनुभएको छ। उहाँले तिनीहरूका पाप तिनीहरूमाथि खन्‍याइदिनुहुनेछ, र तिनीहरूका दुष्‍टताको निम्‍ति तिनीहरूलाई नाश गर्नुहुनेछ, परमप्रभु हाम्रा परमेश्‍वरले तिनीहरूलाई नाश गर्नुहुन्‍छ।