भजनसंग्रह 94:20-23
भजनसंग्रह 94:20-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के दुष्ट शासकहरू तपाईंसँग मिल्न सक्छन्, जसले आफ्ना ऐनद्वारा विपद् ल्याउँछन्? तिनीहरू धर्मीहरूका विरुद्धमा गठबन्धन गर्छन्, र निर्दोषलाई मृत्युदण्ड दिन्छन्। तर परमप्रभु मेरो गढ़ हुनुभएको छ, र मेरा परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ। उहाँले तिनीहरूका पाप तिनीहरूमाथि खन्याइदिनुहुनेछ, र तिनीहरूका दुष्टताको निम्ति तिनीहरूलाई नाश गर्नुहुनेछ, परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई नाश गर्नुहुन्छ।
भजनसंग्रह 94:20-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के भ्रष्ट शासकहरू तपाईंसँग मिल्न सक्छन्, जसले आफ्ना उर्दीद्वारा विपत्ति ल्याउँछन्? तिनीहरू धर्मीहरूका विरुद्ध एकजुट हुन्छन्, र निर्दोषमाथि मृत्युदण्डको आज्ञा गर्छन्। तर याहवेह मेरो किल्ला हुनुभएको छ, र परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँले तिनीहरूका पाप तिनीहरूमाथि नै खन्याइदिनुहुनेछ, र तिनीहरूका दुष्टताको लागि तिनीहरूलाई नाश गर्नुहुनेछ; याहवेह हाम्रा परमेश्वरले तिनीहरूलाई नाश गर्नुहुनेछ।
भजनसंग्रह 94:20-23 पवित्र बाइबल (NERV)
परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्। ती दुष्ट न्यायकर्ताहरूले साधारण जनताको लागि, कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्। त्यस्ता न्यायकर्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्। तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्। तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमेश्वर मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ। परमेश्वरले भयङ्कर कार्य गर्ने ती दुष्ट न्यायकर्ताहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे। परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्ताहरूलाई नष्ट गर्नुहुनेछ।
भजनसंग्रह 94:20-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भ्रष्ट न्यायकर्ताहरू, जसले अन्यायलाई न्याय बनाउँदछन्, जसले असल मानिसहरूका विरुद्धमा जाल गर्छन् र निर्दोषीलाई प्राण दण्ड दिँदछन्, तिनीहरूसँग तपाईंको कुनै सरोकार छैन। तर परमप्रभुले मलाई बचाउनुहुन्छ, मेरा परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ। परमेश्वरले तिनीहरूलाई आफ्ना दुष्टताको लागि दण्ड दिनुहुनेछ, आफ्ना पापको लागि तिनीहरूलाई नष्ट पार्नुहुनेछ। परमप्रभु हाम्रा परमेश्वरले, तिनीहरूलाई नाश गर्नुहुनेछ।