भजनसंग्रह 91:5-9

भजनसंग्रह 91:5-9 NNRV

तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ, न त अन्‍धकारमा फैलिने रूढ़ीदेखि, न मध्‍यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ। एक हजार जना तिम्रो नजिक लोट्‌लान्‌, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्‍यो आउनेछैन। तिमीले आफ्‍ना आँखाले मात्र त्‍यो अवलोकन गर्नेछौ, र दुष्‍टहरूको प्रतिफल देख्‍नेछौ। यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्‍थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्‍थान हुनुहुन्‍छ