YouVersion Logo
Search Icon

भजनसंग्रह 91

91
विश्‍वासीको सुरक्षा
1जो परमप्रधानको शरणमा वास गर्दछ, त्‍यो मानिस सर्वशक्तिमान्‌को छत्रछायामुनि रहन्‍छ।
2परमप्रभुको बारेमा म भन्‍नेछु, “उहाँ मेरो शरणस्‍थान र किल्‍ला हुनुहुन्‍छ, मेरा परमेश्‍वर, जसमाथि म भरोसा राख्‍तछु।”
3निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट,
र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
4उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ,
र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्‍वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।
5तिमी रातको ठूलो त्रासदेखि,
र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,
6न त अन्‍धकारमा फैलिने रूढ़ीदेखि, न मध्‍यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।
7एक हजार जना तिम्रो नजिक लोट्‌लान्‌,
र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्‍यो आउनेछैन।
8तिमीले आफ्‍ना आँखाले मात्र त्‍यो अवलोकन गर्नेछौ,
र दुष्‍टहरूको प्रतिफल देख्‍नेछौ।
9यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्‍थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्‍थान हुनुहुन्‍छ—
10तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई,#मत्ती ४:६; लूक ४:१० तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
12तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्‌,#मत्ती ४:६; लूक ४:११ नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्‌।
13तिमीले सिंह र गोमनलाई कुल्‍चनेछौ,#लूक १०:१९ जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।
14परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु।
15त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु,
र आदर गर्नेछु।
16लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु,
र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 91: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy