भजनसंग्रह 89:11-18

भजनसंग्रह 89:11-18 NNRV

स्‍वर्ग तपाईंको हो, र पृथ्‍वी पनि तपाईंकै हो, संसार र त्‍यसको सारा पूर्णता तपाईंले नै बसाल्‍नुभएको हो। उत्तर र दक्षिण तपाईंले नै सृष्‍टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्‌। तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्‍च पारिएको छ। धार्मिकता र न्‍याय तपाईंको सिंहासनका जग हुन्‌, प्रेम र विश्‍वस्‍तता तपाईंको अगि जान्‍छन्‌। ती मानिसहरू धन्‍य हुन्‌, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्‌, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्‍थितिमा हिँड्‌छन्‌। तिनीहरू दिनभरि तपाईंको नाउँमा रमाउँछन्‌, र तिनीहरू तपाईंकै धार्मिकतामा आनन्‍दले मग्‍न हुन्‍छन्‌। किनकि तपाईं नै तिनीहरूको महिमा र शक्ति हुनुहुन्‍छ, र तपाईंकै निगाहले हाम्रो सीङ ठाडो पारिदिनुभएको छ। साँच्‍चै हाम्रो ढाल परमप्रभुकै हो, र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्‌।