भजनसंग्रह 69:13-15

भजनसंग्रह 69:13-15 NNRV

तर म तपाईंलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईंको निगाहको बेलामा। तपाईंको महान्‌ प्रेममा, हे परमेश्‍वर, तपाईंको निश्‍चित उद्धारले मलाई उत्तर दिनुहोस्‌। दलदलमा डुब्‍नुदेखि मलाई बचाउनुहोस्‌, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट मेरो उद्धार गर्नुहोस्‌। पानीको बाढ़ले मलाई नछोपोस्‌, अथवा जलले मलाई ननिलोस्‌, वा चिहानले आफ्‍नो मुख ममाथि बन्‍द नगरोस्‌।