भजनसंग्रह 41:1-3

भजनसंग्रह 41:1-3 NNRV

त्‍यो धन्‍यको हो, जसले निर्धाहरूको फिक्री गर्दछ, दु:खको दिनमा परमप्रभुले त्‍यसलाई छुटकारा दिनुहुन्‍छ। परमप्रभुले त्‍यसको रक्षा गर्नुहुनेछ, र त्‍यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्‍यसलाई पृथ्‍वीमा आशिष्‌ दिनुहुनेछ, अनि त्‍यसलाई त्‍यसका शत्रुहरूको इच्‍छामा छोड्‌नुहुनेछैन। परमप्रभुले त्‍यसलाई त्‍यसको बिरामीको ओछ्यानमा सम्‍हाल्‍नुहुनेछ, अनि त्‍यसलाई फेरि स्‍वास्‍थ्‍य प्रदान गर्नुहुनेछ।