YouVersion Logo
Search Icon

भजनसंग्रह 41

41
बिरामी मानिसको प्रार्थना
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन
1त्‍यो धन्‍यको हो, जसले निर्धाहरूको फिक्री गर्दछ, दु:खको दिनमा परमप्रभुले त्‍यसलाई छुटकारा दिनुहुन्‍छ।
2परमप्रभुले त्‍यसको रक्षा गर्नुहुनेछ,
र त्‍यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्‍यसलाई पृथ्‍वीमा आशिष्‌ दिनुहुनेछ, अनि त्‍यसलाई त्‍यसका शत्रुहरूको इच्‍छामा छोड्‌नुहुनेछैन।
3परमप्रभुले त्‍यसलाई त्‍यसको बिरामीको ओछ्यानमा सम्‍हाल्‍नुहुनेछ, अनि त्‍यसलाई फेरि स्‍वास्‍थ्‍य प्रदान गर्नुहुनेछ।
4मैले भनें, “हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। मलाई निको पारिदिनुहोस्‌, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”
5मेरा शत्रुहरू द्वेषसाथ यसो भन्‍छन्‌, “त्‍यो कहिले मर्ला, र त्‍यसको नाउँनिशानै मेटिएला?”
6जब मलाई हेर्न कोही आउँछ, त्‍यसले झूटो कुरा बोल्‍छ, र त्‍यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। तब बाहिर गएर त्‍यसले मेरो निन्‍दाका कुरा फैलाउँछ।
7मलाई घृणा गर्नेहरू सबै जम्‍मा भएर मेरो विरुद्धमा कानेखुसी गर्छन्‌, मेरो विरुद्धमा तिनीहरू यसो भन्‍दै मेरो अनिष्‍ट चिताउँछन्‌:
8“त्‍यसलाई घातक रोगले पक्रेको छ, त्‍यो जहाँ पस्रेको छ त्‍यहाँबाट उठ्‌नेछैन।”
9मैले भरोसा गरेको मेरो परममित्रसमेत,#मत्ती २६:२३; मत्ती १४:१८; लूक २२:२१; यूह १३:१८ जसले मेरै रोटी खान्‍थ्‍यो, त्‍यसले मेरो विरुद्धमा लात उठाएको छ।
10तर हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्‌, मलाई खड़ा गर्नुहोस्‌, र म तिनीहरूसँग बदला चुकाउन सकूँ।
11म जान्‍दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्‍छ, किनकि मेरो शत्रु ममाथि विजयी हुन सक्‍दैन।
12मेरो सत्‍यनिष्‍ठामा तपाईंले मलाई सम्हाल्‍नुहुन्‍छ,
र सदासर्वदा तपाईंको उपस्‍थितिमा मलाई राख्‍नुहुन्‍छ।
13इस्राएलका परमेश्‍वर परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌,#भज १०६:४८ आमेन अनि आमेन।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 41: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy