भजनसंग्रह 34:4-11

भजनसंग्रह 34:4-11 NNRV

मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। उहाँलाई हेर्नेहरू उज्‍ज्‍वल हुन्‍छन्‌, र तिनीहरूका शिर शर्मले कहिल्‍यै झुक्‍नेछैनन्‌। यस दु:खित मानिसले परमप्रभुलाई पुकारा गर्‍यो, अनि उहाँले सुन्‍नुभयो, र त्‍यसलाई त्‍यसका सबै कष्‍टबाट बचाउनुभयो। परमेश्‍वरको भय मान्‍नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्‌, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्‍छ। परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो। हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन। जवान सिंहहरू कमजोर होलान्‌, र तिनीहरू भोकाउँछन्‌, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन। आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्‍न सिकाउनेछु।