YouVersion Logo
Search Icon

भजनसंग्रह 34

34
परमेश्‍वरका भलाइको निम्‍ति स्‍तुतिगान
दाऊदको भजन
1हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु,#१ शमू २१:१३-१५ उहाँको प्रशंसा निरन्‍तर मेरो मुखमा हुनेछ।
2मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्‍टमा परेकाहरू यो सुनेर खुशी होऊन्‌।
3मसँगसँगै परमप्रभुको महिमा गर,
र हामी एकसाथ उहाँको नाउँ उच्‍च पारौं!
4मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।
5उहाँलाई हेर्नेहरू उज्‍ज्‍वल हुन्‍छन्‌,
र तिनीहरूका शिर शर्मले कहिल्‍यै झुक्‍नेछैनन्‌।
6यस दु:खित मानिसले परमप्रभुलाई पुकारा गर्‍यो, अनि उहाँले सुन्‍नुभयो,
र त्‍यसलाई त्‍यसका सबै कष्‍टबाट बचाउनुभयो।
7परमेश्‍वरको भय मान्‍नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्‌,
र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्‍छ।
8परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ।#१ पत्र २:३ उहाँमा शरण लिने मानिस धन्‍यको हो।
9हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।
10जवान सिंहहरू कमजोर होलान्‌, र तिनीहरू भोकाउँछन्‌, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन।
11आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्‍न सिकाउनेछु।
12तिमीहरूमध्‍ये कसैले जीवनलाई प्रेम गर्छ,#१ पत्र ३:१०-१२
र धेरै असल दिनहरू देख्‍न इच्‍छा गर्दछ भने—
13आफ्‍नो जिब्रोलाई खराबीबाट
र आफ्‍ना ओठलाई झूट बोल्‍नबाट अलग्‍ग राख।
14खराबीबाट फर्केर असल गर, शान्‍ति खोज, र त्‍यसकै पछि लाग।
15परमप्रभुको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ,
र उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ।
16परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ, अनि उहाँले तिनीहरूको स्‍मृतिसम्‍म पनि धरतीबाट मेटाइदिनुहुनेछ।
17जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ,
र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ।
18चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ,
र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।
19धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ।
20परमप्रभुले त्‍यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्‍छ।#यूह १९:३६ तिनमा एउटै पनि भाँचिँदैन।
21खराबीले दुष्‍टलाई नष्‍ट पार्दछ,
र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्‌।
22परमप्रभुले आफ्‍ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्‍छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 34: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy