भजनसंग्रह 34:15-19

भजनसंग्रह 34:15-19 NNRV

परमप्रभुको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ। परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ, अनि उहाँले तिनीहरूको स्‍मृतिसम्‍म पनि धरतीबाट मेटाइदिनुहुनेछ। जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ, र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ। धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ।