आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ। र तारा-मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ। हरेक दिन तिनीहरूले वार्तालाप गर्छन्, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्। कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन। तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन्। उहाँले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ। ऊ विवाह-मण्डपबाट निस्केको दुलहाजस्तै छ, एक जना विजेताझैँ, जो आफ्नो दौड दौड्नमा हर्षित हुन्छ। आकाशको एक छेउमा उसको उदय हुन्छ, र अर्को सीमासम्म परिक्रमा गर्छ। त्यसको तापबाट केही कुरा लुकेर रहँदैन।
भजनसंग्रह 19 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 19:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू