परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्छ। परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ। तपाईंले सृष्टि गर्नुभएका सबै थोकले, हे परमप्रभु, तपाईंको प्रशंसा गर्नेछन्, र तपाईंका पवित्रजनहरूले तपाईंको स्तुति गर्नेछन्। तिनीहरूले तपाईंको राज्यका महिमाको चर्चा गर्नेछन् र तपाईंका शक्तिको बखान गर्नेछन्, कि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू थाहा पाऊन्, अनि तपाईंका राज्यको महिमापूर्ण वैभव देखून्। तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंका प्रभुत्व पुस्तौँ-पुस्तौँसम्म रहिरहनेछ। परमप्रभु आफ्ना सबै प्रतिज्ञाहरूमा विश्वसनीय हुनुहुन्छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्छ। लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्छ। सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्, अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्छ। तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र सबै प्राणीहरूका मनोरथ सन्तुष्ट पार्नुहुन्छ।
भजनसंग्रह 145 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 145
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 145:8-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू