धर्मी मानिसले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ। तिनले मलाई हप्काऊन्, त्यो मेरो शिरको निम्ति तेल हुनेछ। मेरो शिरले त्यो इन्कार गर्नेछैन। तापनि मेरो प्रार्थना सधैँ कुकर्मीहरूका विरुद्ध हुन्छ। तिनीहरूका शासकहरू पहाड़का भीरबाट तल खसालिनेछन्, र दुष्टहरूले मैले बोलेको वचन सत्य हो भन्ने बुझ्नेछन्। तिनीहरूले भन्नेछन्, “जसरी हलो जोत्नेले भूमि जोतेर फुटाउँदछ, त्यसरी नै हाम्रा हड्डीहरू चिहानको मुखमा छरिएका छन्।” हे परमप्रभु परमेश्वर, मेरा आँखा तपाईंतिरै रहन्छन्, तपाईंमा म शरण लिन्छु, मलाई मृत्युको मुखमा नफालिदिनुहोस्। तिनीहरूले मेरो निम्ति थापेका धरापबाट, दुष्ट काम गर्नेहरूले थापेका पासोहरूबाट मलाई बचाउनुहोस्। दुष्टहरू तिनीहरूका आफ्ना जालमा फसून्, जब मचाहिँ सुरक्षित निस्किआउँछु।
भजनसंग्रह 141 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 141
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 141:5-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू