भजनसंग्रह 141

141
पवित्रकरणको निम्‍ति प्रार्थना
दाऊदको भजन
1हे परमप्रभु, म तपाईंलाई पुकार्दछु, तपाईं चाँड़ै आउनुहोस्‌। मैले तपाईंलाई पुकारा गर्दा मेरो आवाज सुनिदिनुहोस्‌।
2मेरो प्रार्थना तपाईंको सामुन्‍ने सुगन्‍धित धूपजस्‍तै होस्‌,#प्रका ५:८
र मैले आफ्‍ना हात उचाल्‍दा, त्‍यो बेलुकीको बलिजस्‍तै ठहरिओस्‌।
3हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्‌, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्‌।
4दुष्‍ट काम गर्ने मानिसहरूसित दुष्‍कर्ममा सहभागी हुन मेरो हृदय खराब कुरातिर नबरालिओस्‌,
र मलाई तिनीहरूको स्‍वादिष्‍ठ भोजन खानु नपरोस्‌।
5धर्मी मानिसले मलाई हिर्काऊन्‌, त्‍यो त मेरो निम्‍ति दया हुनेछ। तिनले मलाई हप्‍काऊन्‌, त्‍यो मेरो शिरको निम्‍ति तेल हुनेछ। मेरो शिरले त्‍यो इन्‍कार गर्नेछैन। तापनि मेरो प्रार्थना सधैँ कुकर्मीहरूका विरुद्ध हुन्‍छ।
6तिनीहरूका शासकहरू पहाड़का भीरबाट तल खसालिनेछन्‌,
र दुष्‍टहरूले मैले बोलेको वचन सत्‍य हो भन्‍ने बुझ्‍नेछन्‌।
7तिनीहरूले भन्‍नेछन्‌, “जसरी हलो जोत्‍नेले भूमि जोतेर फुटाउँदछ, त्‍यसरी नै हाम्रा हड्डीहरू चिहानको मुखमा छरिएका छन्‌।”
8हे परमप्रभु परमेश्‍वर, मेरा आँखा तपाईंतिरै रहन्‍छन्‌, तपाईंमा म शरण लिन्‍छु, मलाई मृत्‍युको मुखमा नफालिदिनुहोस्‌।
9तिनीहरूले मेरो निम्‍ति थापेका धरापबाट, दुष्‍ट काम गर्नेहरूले थापेका पासोहरूबाट मलाई बचाउनुहोस्‌।
10दुष्‍टहरू तिनीहरूका आफ्‍ना जालमा फसून्‌, जब मचाहिँ सुरक्षित निस्‍किआउँछु।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 141: NNRV

हाइलाइट

कपी गर्नुहोस्

तुलना

शेयर गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्