भजनसंग्रह 138:6-8

भजनसंग्रह 138:6-8 NNRV

परमप्रभु अति उच्‍चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्‍टि गर्नुहुन्‍छ, तर अहङ्कारीहरूलाई उहाँले टाढ़ैबाट चिन्‍नुहुन्‍छ। म सङ्कटमय मार्गमा हिँड़े तापनि तपाईंले मेरो प्राणको सुरक्षा गरिदिनुहुन्‍छ। मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढ़ाउनुहुन्‍छ, आफ्‍नो दाहिने बाहुलीले मलाई बचाउनुहुन्‍छ। परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्‍ति रहिरहन्‍छ— तपाईंका हातको रचनालाई नत्‍याग्‍नुहोस्‌।