भजनसंग्रह 130:1-4

भजनसंग्रह 130:1-4 NNRV

हे परमप्रभु, म तपाईंलाई गम्‍भीर सङ्कष्‍टको स्‍थितिमा पुकार गर्दछु। हे परमप्रभु, मेरो पुकार सुनिदिनुहोस्‌! कृपाको लागि गरिएको मेरो पुकारमा तपाईंका कानले ध्‍यान देऊन्‌। हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खड़ा हुन सक्‍छ र? तर तपाईंमा क्षमा छ, र नै तपाईंको भय मानिन्‍छ।