भजनसंग्रह 130:1-4
भजनसंग्रह 130:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, म तपाईंलाई गम्भीर सङ्कष्टको स्थितिमा पुकार गर्दछु। हे परमप्रभु, मेरो पुकार सुनिदिनुहोस्! कृपाको लागि गरिएको मेरो पुकारमा तपाईंका कानले ध्यान देऊन्। हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खड़ा हुन सक्छ र? तर तपाईंमा क्षमा छ, र नै तपाईंको भय मानिन्छ।
भजनसंग्रह 130:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु; हे प्रभु, मेरो सोर सुन्नुहोस्; दयाको निम्ति गरिएको मेरो पुकारलाई तपाईंका कानहरूले ध्यान देऊन्! हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने, हे प्रभु, को खडा हुन सक्छ र? तर तपाईं क्षमाशील हुनुहुन्छ, त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ।
भजनसंग्रह 130:1-4 पवित्र बाइबल (NERV)
हे परमप्रभु, म गहीरो सङ्कटमा छु। यसैकारण म तपाईंलाई गुहार मान्छु। मेरो स्वामी! मलाई ध्यान दिनु होस्। मेरो गुहार प्रति ध्यान दिनु होस्। परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने, कुनै मानिस पनि जिउँदो हुने थिएन। परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।
भजनसंग्रह 130:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दु:ख-पीडाको गहिराइबाट म तपाईंलाई पुकार्दछु, हे परमप्रभु! मेरो पुकार सुन्नुहोस्, हे प्रभु! सहायताको लागि मेरो पुकार सुन्नुहोस्! यदि तपाईंले हाम्रा पापहरूको लेखा राख्नुभएको हुँदो हो ता दोषी नठहरी को उम्कन सक्दथ्यो र? तर तपाईंले हामीलाई क्षमा दिनुहुन्छ, यसर्थ हामी भय र भक्तिसाथ तपाईंको सामु खडा रहन सक्छौं।