हे परमप्रभु, तपाईंले आफ्नो वचनअनुसार आफ्नो दासको उपकार गर्नुहोस्। मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्, किनकि म तपाईंका आज्ञामाथि विश्वास राख्तछु। म कष्टित हुनुभन्दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईंको वचन पालन गर्दछु। तपाईं भलो हुनुहुन्छ अनि भलाइ गर्नुहुन्छ। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्। अहङ्कारीहरूले मेरो विरुद्धमा झूटा कुरा रचेका भए तापनि म सम्पूर्ण हृदयले तपाईंका आदेशहरू पालन गर्दछु। तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर म तपाईंको व्यवस्थामा हर्षित हुन्छु। ममाथि क्लेशहरू आइपरेका असलै भयो, ताकि म तपाईंका विधिहरू सिक्न सकूँ। तपाईंको मुखबाट निस्केको व्यवस्था मेरो निम्ति सुन र चाँदीका हजारौँ टुक्राभन्दा मूल्यवान् छ। तपाईंका हातले मलाई बनाए, र मलाई आकार दिए। तपाईंका आज्ञाहरू बुझ्ने समझशक्ति मलाई दिनुहोस्। तपाईंको भय मान्नेहरू मलाई देखेर खुशी होऊन्, किनभने म तपाईंको वचनमा भर पर्दछु। हे परमप्रभु, तपाईंका नियमहरू धार्मिक छन्, अनि आफ्नो विश्वसनीयतामा तपाईंले मलाई दु:ख दिनुभएको छ भनी म जान्दछु। तपाईंको अचूक कृपा मेरो निम्ति सान्त्वना होस्, यो आफ्नो दासलाई दिनुभएको प्रतिज्ञाअनुसार होस्। तपाईंको करुणा ममाथि रहोस्, र म जीवित रहूँ, किनकि तपाईंको व्यवस्था मेरो आनन्द हो। अहङ्कारीहरू शर्ममा परून्, किनकि अकारण तिनीहरूले मलाई हानि पुर्याउँछन्। तर म तपाईंको आदेशहरूमाथि ध्यान गर्नेछु। तपाईंको भय मान्नेहरू र तपाईंका कानून बुझ्नेहरू मतर्फ फर्कून्। तपाईंका आज्ञाहरूप्रति म निष्खोट रहन सकूँ, र मलाई लज्जित हुन नपरोस्।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:65-80
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू