भजनसंग्रह 119:65-80

भजनसंग्रह 119:65-80 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, तपाईंले आफ्‍नो वचनअनुसार आफ्‍नो दासको उपकार गर्नुहोस्‌। मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्‌, किनकि म तपाईंका आज्ञामाथि विश्‍वास राख्‍तछु। म कष्‍टित हुनुभन्‍दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईंको वचन पालन गर्दछु। तपाईं भलो हुनुहुन्‍छ अनि भलाइ गर्नुहुन्‍छ। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌। अहङ्कारीहरूले मेरो विरुद्धमा झूटा कुरा रचेका भए तापनि म सम्‍पूर्ण हृदयले तपाईंका आदेशहरू पालन गर्दछु। तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्‌, तर म तपाईंको व्‍यवस्‍थामा हर्षित हुन्‍छु। ममाथि क्‍लेशहरू आइपरेका असलै भयो, ताकि म तपाईंका विधिहरू सिक्‍न सकूँ। तपाईंको मुखबाट निस्‍केको व्‍यवस्‍था मेरो निम्‍ति सुन र चाँदीका हजारौँ टुक्राभन्‍दा मूल्‍यवान्‌ छ। तपाईंका हातले मलाई बनाए, र मलाई आकार दिए। तपाईंका आज्ञाहरू बुझ्‍ने समझशक्ति मलाई दिनुहोस्‌। तपाईंको भय मान्‍नेहरू मलाई देखेर खुशी होऊन्‌, किनभने म तपाईंको वचनमा भर पर्दछु। हे परमप्रभु, तपाईंका नियमहरू धार्मिक छन्‌, अनि आफ्‍नो विश्‍वसनीयतामा तपाईंले मलाई दु:ख दिनुभएको छ भनी म जान्‍दछु। तपाईंको अचूक कृपा मेरो निम्‍ति सान्‍त्‍वना होस्‌, यो आफ्‍नो दासलाई दिनुभएको प्रतिज्ञाअनुसार होस्‌। तपाईंको करुणा ममाथि रहोस्‌, र म जीवित रहूँ, किनकि तपाईंको व्‍यवस्‍था मेरो आनन्‍द हो। अहङ्कारीहरू शर्ममा परून्‌, किनकि अकारण तिनीहरूले मलाई हानि पुर्‍याउँछन्‌। तर म तपाईंको आदेशहरूमाथि ध्‍यान गर्नेछु। तपाईंको भय मान्‍नेहरू र तपाईंका कानून बुझ्‍नेहरू मतर्फ फर्कून्‌। तपाईंका आज्ञाहरूप्रति म निष्‍खोट रहन सकूँ, र मलाई लज्‍जित हुन नपरोस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:65-80 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, तपाईंले आफ्नो वचनअनुसार आफ्नो सेवकको भलाइ गर्नुहोस्। मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्; किनकि म तपाईंका आज्ञाहरूमाथि विश्‍वास गर्दछु। दुःख पाउनुअगि मैले बाटो बिराएको थिएँ, तर अब म तपाईंको वचन पालन गर्दछु। तपाईं भलो हुनुहुन्छ, र तपाईं जे गर्नुहुन्छ, भलो नै गर्नुहुन्छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! अहङ्कारीहरूका झूटले मलाई कलङ्कित पारे तापनि मेरो सारा हृदयले तपाईंका विधिहरू पालन गर्दछु। तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर मचाहिँ तपाईंको व्यवस्थामा प्रसन्‍न हुन्छु। दुःख भोग्नु मेरा लागि असलै भयो, ताकि यसरी नै मैले तपाईंका उर्दीहरू सिक्न सकूँ। तपाईंको मुखबाट निस्केका व्यवस्था, मेरा निम्ति हजारौँ चाँदी र सुनका टुक्राहरूभन्दा ज्यादा मूल्यवान् छन्। तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका हुन्; तपाईंका आज्ञाहरू सिक्ने समझशक्ति मलाई दिनुहोस्। तपाईंको भय मान्‍नेहरू मलाई देखेर खुशी होऊन्; किनकि मैले मेरो आशा तपाईंको वचनमा राखेको छु। हे याहवेह, म जान्दछु, तपाईंका नियमहरू धार्मिक छन्, र आफ्नो विश्‍वसतामा तपाईंले मलाई ताडना दिनुभएको छ। आफ्नो सेवकलाई गर्नुभएको प्रतिज्ञाअनुसार तपाईंको अचुक प्रेम मेरो सान्त्वना बनोस्! तपाईंको कृपा ममाथि रहोस्, ताकि म जीवित रहन सकूँ; किनकि म तपाईंको व्यवस्थामा नै रमाउँदछु। कारणविना मलाई दोष लगाएका हुनाले अहङ्कारीहरू शर्ममा परून्; तर मचाहिँ तपाईंका विधिहरूमा मनन गर्नेछु। तपाईंको डर मान्‍नेहरू, र तपाईंका कानुन बुझ्नेहरू मतिर फर्कून्। मेरो निर्दोष हृदयले तपाईंका उर्दीहरू पालन गर्न सकूँ, ताकि म शर्ममा नपरूँ!

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:65-80 पवित्र बाइबल (NERV)

परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो। तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो। हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्। म तपाईंको आज्ञाहरूमा भरोसा राख्छु। म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ तर अहिले खुब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु। परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ। मलाई तपाईंको नियमहरू सिकाउनु होस्। मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्। तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु। ती मानिसहरू अत्यन्त मूर्ख छन्। तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु। मेरो निम्ति वेदना उत्तम थियो। मैले तपाईंको नियमहरू सिकें। हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्। तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरू भन्दा उत्तम छन्। हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो। मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्। हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्। तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें। हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्। अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो। अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्। तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्। हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस् र मलाई बाँच्न दिनुहोस्। म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु। मानिसहरू ज-जसले तिनीहरू म भन्दा असल हुँ भनेर सोचे, र मेरो बारेमा झूटो बोले। ती मानिसहरू लज्जित होऊन् परमप्रभु, म तपाईंको व्यवस्था सिक्छु, पढछु। भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन। यसकारण तिनीहरूले तपाईंको करार-वचनहरू सिक्न सक्छन्। परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ, ताकि म लज्जित हुने छैन।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:65-80 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु, तपाईंले आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ र आफ्‍नो दासलाई उपकार गर्नुभएको छ। मलाई ज्ञान र बुद्धि दिनुहोस् किनभने म तपाईंका आज्ञाहरूमा भरोसा राख्‍छु। तपाईंले मलाई दण्‍ड दिनुअघि मैले गल्‍ती गर्दथें, तर अब म तपाईंको वचन मान्‍दछु। तपाईं कति भलो र दयालु हुनुहुन्‍छ! मलाई आफ्‍ना आज्ञाहरू सिकाउनुहोस्! घमण्‍डी मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनेका छन्, तर म आफ्‍नो पूरा हृदयले तपाईंका अर्तीहरू मान्‍दछु। यी मानिसहरूको केही समझशक्ति छैन, तर म तपाईंको व्‍यवस्‍थामा आनन्‍द पाउँदछु। मैले पाएको दण्‍ड मेरो लागि राम्रै थियो किनभने त्‍यसले मलाई तपाईंका आज्ञाहरू सिक्‍न कर लायो। तपाईंले दिनुभएको व्‍यवस्‍था पृथ्‍वीका सारा धनभन्दा मेरो लागि ठूलो छ। तपाईंले मलाई बनाउनुभयो र मलाई कुशल राख्‍नुहुन्‍छ, मलाई समझशक्ति दिनुहोस् र म तपाईंका व्‍यवस्‍थाहरू सिक्‍न सकूँ। तपाईंलाई आदर गर्नेहरू मलाई देखेर खुसी हुनेछन् किनभने म तपाईंको प्रतिज्ञामा भरोसा राख्‍दछु। परमप्रभु, म जान्‍दछु कि तपाईंका न्‍यायहरू धार्मिक छन् र तपाईंले मलाई दण्‍ड दिनुभयो किनभने तपाईं विश्‍वासयोग्‍य हुनुहुन्‍छ। म तपाईंको दासलाई दिनुभएको प्रतिज्ञाअनुसार तपाईंको अटुट प्रेमले मलाई सान्‍त्‍वना दिनुहोस्। ममाथि कृपालु हुनुहोस् र म जिउनेछु किनभने म तपाईंको नियममा आनन्‍द पाउँछु। मलाई झूटो दोष दिएको कारणले घमण्‍डीहरू लाजमा परून्, मचाहिँ तपाईंका अर्तीहरूमा ध्‍यान गर्नेछु। तपाईंलाई आदर गर्नेहरू र तपाईंका आज्ञा बुझ्‍नेहरू सबै मकहाँ आऊन्। मेले तपाईंका व्‍यवस्‍था पूर्णरूपले मान्‍न सकूँ र हार्दा हुने लाजदेखि बाँच्‍न सकूँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्