परमप्रभु, तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ र आफ्नो दासलाई उपकार गर्नुभएको छ। मलाई ज्ञान र बुद्धि दिनुहोस् किनभने म तपाईंका आज्ञाहरूमा भरोसा राख्छु। तपाईंले मलाई दण्ड दिनुअघि मैले गल्ती गर्दथें, तर अब म तपाईंको वचन मान्दछु। तपाईं कति भलो र दयालु हुनुहुन्छ! मलाई आफ्ना आज्ञाहरू सिकाउनुहोस्! घमण्डी मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनेका छन्, तर म आफ्नो पूरा हृदयले तपाईंका अर्तीहरू मान्दछु। यी मानिसहरूको केही समझशक्ति छैन, तर म तपाईंको व्यवस्थामा आनन्द पाउँदछु। मैले पाएको दण्ड मेरो लागि राम्रै थियो किनभने त्यसले मलाई तपाईंका आज्ञाहरू सिक्न कर लायो। तपाईंले दिनुभएको व्यवस्था पृथ्वीका सारा धनभन्दा मेरो लागि ठूलो छ। तपाईंले मलाई बनाउनुभयो र मलाई कुशल राख्नुहुन्छ, मलाई समझशक्ति दिनुहोस् र म तपाईंका व्यवस्थाहरू सिक्न सकूँ। तपाईंलाई आदर गर्नेहरू मलाई देखेर खुसी हुनेछन् किनभने म तपाईंको प्रतिज्ञामा भरोसा राख्दछु। परमप्रभु, म जान्दछु कि तपाईंका न्यायहरू धार्मिक छन् र तपाईंले मलाई दण्ड दिनुभयो किनभने तपाईं विश्वासयोग्य हुनुहुन्छ। म तपाईंको दासलाई दिनुभएको प्रतिज्ञाअनुसार तपाईंको अटुट प्रेमले मलाई सान्त्वना दिनुहोस्। ममाथि कृपालु हुनुहोस् र म जिउनेछु किनभने म तपाईंको नियममा आनन्द पाउँछु। मलाई झूटो दोष दिएको कारणले घमण्डीहरू लाजमा परून्, मचाहिँ तपाईंका अर्तीहरूमा ध्यान गर्नेछु। तपाईंलाई आदर गर्नेहरू र तपाईंका आज्ञा बुझ्नेहरू सबै मकहाँ आऊन्। मेले तपाईंका व्यवस्था पूर्णरूपले मान्न सकूँ र हार्दा हुने लाजदेखि बाँच्न सकूँ।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:65-80
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू