भजनसंग्रह 112:1-4

भजनसंग्रह 112:1-4 NNRV

परमप्रभुको प्रशंसा गर। त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुको भय मान्‍दछ, र उहाँका आज्ञाहरूमा ज्‍यादै प्रसन्‍न हुन्‍छ। त्‍यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्‍ताले आशिष्‌ पाउनेछ। त्‍यसको घरमा धन-सम्‍पत्ति रहन्‍छ, र त्‍यसको धार्मिकता सदा रहिरहन्‍छ। सोझा मानिसहरूका निम्‍ति, साथै अनुग्रही, करुणामय र धर्मी मानिसहरूका निम्‍ति अन्‍धकारमा पनि ज्‍योति उदय हुन्‍छ।