भजनसंग्रह 103:17-22

भजनसंग्रह 103:17-22 NNRV

तर परमप्रभुको करुणा आफ्‍ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्‍तदेखि अनन्‍तसम्‍म रहन्‍छ— तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्‌, र उहाँका आदेशहरू पालन गर्न ख्‍याल गर्छन्‌। परमप्रभुले आफ्‍नो सिंहासन स्‍वर्गमा स्‍थिर गर्नुभएको छ, र उहाँको प्रभुत्‍वले सबैमाथि शासन गर्दछ। हे उहाँका स्‍वर्गदूतहरू हो, उहाँको वचन पालन गर्ने शक्तिशाली जन हो, परमप्रभुको प्रशंसा गर। हे स्‍वर्गका सबै सेना हो, उहाँको इच्‍छाअनुसार काम गर्ने सेवक हो, परमप्रभुको प्रशंसा गर। हे उहाँका सारा सृष्‍टि हो, उहाँका समस्‍त राज्‍यमा रहेका हो, परमप्रभुको प्रशंसा गर। ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌!