हितोपदेश 23:22-25

हितोपदेश 23:22-25 NNRV

तेरा बुबाको कुरा सुन्, जसले तँलाई जीवन दिए, र आफ्‍नी आमा वृद्ध हुँदा उनको हेला नगर्‌। सत्‍य किन्‌ र त्‍यो बिक्री नगर्‌। बुद्धि, अनुशासन र समझदारी प्राप्‍त गर्‌। धर्मी मानिसको बुबा असाध्‍यै आनन्‍दित हुन्‍छ, बुद्धिमान्‌ छोरा आफ्‍ना बुबामा प्रसन्‍न रहन्‍छ। तेरा बुबा र आमा हर्षित होऊन्, तँलाई जन्‍म दिने आमाले रमाहट गरून्‌।