हितोपदेश 17:23-28

हितोपदेश 17:23-28 NNRV

दुष्‍ट मानिसले न्‍याय बिगार्न गुप्‍तमा घूस स्‍वीकार गर्छ। विवेकी मानिसले आफ्‍नो दृष्‍टिमा बुद्धि राख्‍छ, तर मूर्खको आँखा पृथ्‍वीको अन्‍त्‍यसम्‍म यताउता डुलिरहन्‍छ। मूर्ख छोराले आफ्‍ना बुबामाथि अफसोस, र त्‍यसलाई जन्‍माउनेमाथि तीतोपन ल्‍याउँछ। निर्दोष मानिसलाई दण्‍ड दिनु असल होइन, वा आफ्‍नो ईमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठीक होइन। ज्ञानी मानिसले संयमसित शब्‍दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठन्‍डा मिजासको हुन्‍छ। चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ, र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ।