गन्ती 11:1-3

गन्ती 11:1-3 NNRV

यतिखेर परमप्रभुको कानमा पुग्‍ने गरी ती मानिसहरू आफ्‍ना कष्‍टहरूका विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँको क्रोध दन्‍क्‍यो, र परमप्रभुको अग्‍नि सल्‍केर छाउनीको पल्‍लो भाग भस्‍म पारिदियो। अनि मानिसहरू मोशाकहाँ आएर विलाप गरे। तब मोशाले परमप्रभुलाई प्रार्थना गरे, र आगो निभ्‍यो। यसकारण त्‍यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो तिनीहरूका बीचमा दन्‍केको थियो।