परमप्रभुले मोशालाई भन्नुभयो, “दुई वटा चाँदीका तुरहीहरू बना। ती पिटेर बनाइएका होऊन्। समुदायलाई भेला गराउँदा र शिविरबाट प्रस्थान गर्दा ती प्रयोग गर्नू। ती दुवै फुक्दा सारा समुदाय भेट हुने पालको ढोकामा तँकहाँ भेला होऊन्। तर एउटा मात्र फुक्दा नेताहरू, अर्थात् इस्राएलीहरूका कुलनायकहरू तँकहाँ भेला होऊन्। जब जनाउ-ध्वनि बजाइन्छ, तब पूर्वपट्टि भएका शिविरकाहरू प्रस्थान गरून्। जब दोस्रो पल्ट जनाउ-ध्वनि बजाइन्छ, तब दक्षिणपट्टि भएका शिविरकाहरू प्रस्थान गरून्। जनाउ-ध्वनि प्रस्थानको लागि सङ्केत हुनेछ। समुदाय भेला गर्ने समयमा पनि फुक्नू, तर जनाउ-ध्वनि उस्तै नहोस्। “हारूनका छोराहरू, पूजाहारीले नै तुरहीहरू फुक्ने गरून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताका लागि अनन्तको विधि होस्। आफ्नै देशमा तिमीहरूमाथि थिचोमिचो गर्ने शत्रुका विरुद्धमा तिमीहरू लड़ाइँ गर्न जाँदा तिमीहरूले तुरहीद्वारा जनाउ-ध्वनि फुक्नू। तब परमप्रभु तिमीहरूका परमेश्वरको सामु तिमीहरूको सम्झना हुनेछ, र तिमीहरूका शत्रुहरूबाट तिमीहरूको रक्षा हुनेछ। तिमीहरूका हर्षका दिनमा— तिमीहरूका तोकिएका चाड़हरू र औंसीका चाड़हरूमा— आफ्ना होमबलि र मेलबलिहरू चढ़ाउँदा तिमीहरूले तुरही बजाउनू, र आफ्ना परमेश्वरको सामुन्ने ती तिमीहरूका सम्झनाको निम्ति होऊन्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
गन्ती 10 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 10:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू