मत्ती 26:36-38

मत्ती 26:36-38 NNRV

तब येशू गेतसमनी भन्‍ने ठाउँमा तिनीहरूसँग जानुभयो, र चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू यहीँ बस, मचाहिँ अलि पर गएर प्रार्थना गर्छु।” र आफूसँग पत्रुस र जब्‍दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्‍याकुल हुन लाग्‍नुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्‍य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।”