मत्ती 25:41-46

मत्ती 25:41-46 NNRV

“त्‍यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्‍नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्‍यसका दूतहरूका लागि तयार गरिएको अनन्‍तको आगोमा जाओ। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्‍त्र लगाइदिएनौ, बिरामी र झ्‍यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’ “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्‍यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्‍यौं, वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंको सेवा गरेनौं?’ “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबैभन्‍दा सानाहरूमध्‍ये एक जनालाई जे-जति गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्‍ति गरेनौ।’ “तब यिनीहरू अनन्‍त दण्‍डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्‍त जीवनमा प्रवेश गर्नेछन्‌’।”