मत्ती 25:41-46
मत्ती 25:41-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’ “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्यौं, वा झ्यालखानमा देख्यौं, र तपाईंको सेवा गरेनौं?’ “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ।’ “तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’।”

मत्ती 25:41-46 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तब तिनले आफ्ना देब्रेतिरकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहरू हो, मबाट टाढा भएर शैतान र त्यसका दूतहरूका लागि तयार पारिएको अनन्तको आगोमा जाओ। किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खान दिएनौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउन दिएनौ। म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गरेनौ। मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्याएनौ। म बिरामी र झ्यालखानामा थिएँ, र तिमीहरूले मेरो हेरचाह गरेनौ।’ “तिनीहरूले पनि जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका अथवा तिर्खाएका, अथवा परदेशी, अथवा वस्त्रको खाँचोमा पर्नुभएको, अथवा बिरामी अथवा झ्यालखानामा देख्यौँ, र तपाईंलाई सहायता दिएनौँ?’ “उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई जे गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’ “तब तिनीहरू अनन्तको दण्डमा, तर धर्मी जनहरू अनन्तको जीवनमा प्रवेश गर्नेछन्।”
मत्ती 25:41-46 पवित्र बाइबल (NERV)
“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अघिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सधैँ जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो। तिमीहरू गइहाल, किनभने म भोकाएको थिएँ, तिमीहरूले केही खान दिएनौ। म तिर्खाएको थिएँ, तिमीहरूले केही पिउन दिएनौ। म घरदेखि एक्लै र टाढोमा थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा बोलाएनौ। म नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई पहिरिनलाई वस्त्रहरू दिएनौ। म रोगी थिएँ, अनि कैदमा थिएँ, तिमीहरूले मेरो परवाह नै गरेनौं।’ “त्यसपछि तिनीहरूले पनि जवाफ दिए, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले भोकाएको र तिर्खाएको देख्यौं? हामीले कहिले तपाईंलाई एक्लो घरदेखि टाढो भएको देख्यौं? अनि हामीले तपाईंलाई कहिले नाङ्गो वा विरामी वा कैदमा परेको देख्यौ? अनि यी सब देखेर हामीले मद्दत गरेनौं?’ “त्यसपछि राजाले तिनीहरूलाई जवाफ दिए, ‘म तिमीहरूलाई साँच्चो भन्दछु, यी मेरा मानिसहरू निम्ति जे पनि तिमीहरूले गरेनौ, यी सबै तिमीहरूले मेरो निम्ति गरेनौ।’ “त्यसपछि ती दुष्ट मानिसहरू सदा-सर्वदा दण्डित हुनको निम्ति जाने छन्। तर असल मानिसहरू चाँहिअनन्त जीवन प्राप्त गर्न जानेछन्।”
मत्ती 25:41-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“त्यसपछि उनले आफ्ना देब्रे हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘ए परमेश्वरको सराप परेका मानिसहरू हो, यहाँबाट गइहाल! शैतान र उसका दूतहरूलाई तयार पारिराखेको कहिल्यै ननिभ्ने आगोमा जाओ! किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवाएनौ, तिर्खाउँदा पानी दिएनौ। म परदेशी भएर आउँदा तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेनौ, नाङ्गो हुँदा लुगा लगाइदिएनौ। म बिरामी हुँदा र झ्यालखानमा पर्दा तिमीहरू मलाई भेट्न आएनौ।’ “अनि तिनीहरूले सोध्नेछन्, ‘प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको, तिर्खाउनुभएको, परदेशी हुनुभएको, नाङ्गो हुनुभएको, बिरामी हुनुभएको अनि झ्यालखानमा पर्नुभएको देखेर पनि तपाईंको वास्ता गरेनौं?’ त्यस बेला सिंहासनमा बस्ने राजाले तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्छु, मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई सहायता नगर्नु नै मलाई नगर्नु हो।’ अनि तिनीहरूले चाहिँ सधैँभरिको दण्ड पाउनेछन्, तर परमेश्वरको आज्ञापालन गर्नेहरूले चाहिँ अजम्मरी जीवन पाउनेछन्।”