मत्ती 10:40-42

मत्ती 10:40-42 NNRV

“तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ। जसले यी सानाहरूमध्‍ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले आफ्‍नो इनाम कदापि गुमाउनेछैन।”